तपाईँ सुन्दै हुनुहुन्छः

मिक्वाखोला गाउँपालिका अध्यक्षमा काँग्रेस उम्मेदवार कार्की विजयी

ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार भक्तबहादुर कार्की विजयी बनेका छन् ।

उनी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार दिवस लिम्बुलाई ८९ मतान्तरले पछि पादै विजयी भएका हुन । कार्कीले २ हजार २३ मत ल्याएका थिए भने लिम्बुले १ हजार ९ सय ६४ मत प्राप्त गरेका थिए ।

उपाध्यक्षमा माओवादीका डण्डु शेर्पा विजयी भए । उनले नेकपा एमालेकी मिनाकुमारी केदेमलाई पराजित गरेका हुन् । शेर्पाले २१ सय ७४ मत प्राप्त गर्दा केदेमले १७ सय ४३ मत प्राप्त गरेकी थिइन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button