नेपालगञ्जको नगर प्रमुखमा कांग्रेसको अग्रता

नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेसका प्रशान्त विष्ट ठूलो मतान्तरले अगाडि रहनुभएको छ ।
वडा नम्बर १, २, ३, २१, २२ र २३ नम्बर वडाको मतगणना सकिँदासम्म विष्टले ५३२६ मतका साथ अग्रता कायमै राख्नुभएको छ । नेकपा एमालेका पशुपतिदयाल मिश्र २१८१ मतका साथ दोस्रो स्थानमा हुनुहुन्छ । विष्ट मिश्र भन्दा ३१४५ मतले अघि हुनुहुन्छ ।
यस्तै राप्रपाका नन्दलाल वैश्यले २०४२ मत पाउनुभएको छ । यस्तै उपप्रमुखमा जसपाका कमरुद्दिन राईले ४०२० मतका साथ अग्रता कायमै राख्नुभएको छ । दोस्रोमा रहेकी राप्रपाकी विन्दु चर्ती मगरले २५४२ मत पाउँदा एमालेकी शान्तिदेवी ढकालको १९६१ मत पाउनुभएको छ ।
अहिले वडा नम्बर ४ र १९ को मतगणना भइरहेको छ । नेपालगञ्जमा कुल ८१७९४ मतदाता छन् । यहाँ ६१,२०५ मत खसेको छ ।








प्रतिक्रिया राख्नुहोस्