दार्चुलाको लेकम गाउँपालिका अध्यक्षमा माओवादी केन्द्र र उपाध्यक्षमा एमाले विजयी
दार्चुला । दार्चुलाको लेकम गाउँपालिकामा गठबन्धनको तर्फबाट उम्मेदवारी दिनुभएका माओवादी नेता रामदत्त जोशी अध्यक्षमा विजयी हुनुभएको छ ।
एमाले नेता परमानन्द जोशीलाई पराजित गर्दै उहाँ लेकम गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनु भएको हो । उपाध्यक्षमा भने गठबन्धनका उम्मेदवार काङ्ग्रेस नेतृ सुना जोशीलाई पराजित गर्दै एमाले उम्मेदवार माधवी जोशी विजयी हुनुभएको छ ।
अध्यक्षमा विजयी हुनुभएका रामदत्त जोशीले दुई हजार ९७६ मत प्राप्त गर्दा एमालेका परमानन्द जोशीले दुई हजार ४४५ मत प्राप्त गर्नुभयो । जोशी ५ सय ३१ मतान्तरले विजयी हुनुभएको हो । यस्तै उपाध्यक्षमा विजयी माधवी जोशीले दुई हजार ६ सय ८५ मत प्राप्त गर्दा काङ्ग्रेसका सुना जोशीले दुई हजार ५ सय ५४ मत प्राप्त गर्नुभयो । एमालेका माधवी जोशी १ सय ३१ मतान्तरले विजयी हुनुभएको हो ।
गठबन्धनलाई पराजित गर्दै वडा नम्बर १, ३, ५ र ६ मा नेकपा एमालेले वडामा जित हासिल गरेको छ भने वडा नम्बर २ र ४ मा नेपाली कांग्रेस विजय भएको छ । अध्यक्षमा पराजित जोशी निवर्तमान गाउँपालिका अध्यक्ष तथा विजयी जोशी २०७४ सालको स्थानीय तह निर्वाचनका समेत प्रतिस्पर्धी हुनुहुन्छ ।







प्रतिक्रिया राख्नुहोस्