तपाईँ सुन्दै हुनुहुन्छः

गठबन्धनलाई पराजित गर्दै कालीगण्डकीमा एमालेको जित

स्याङ्जा । स्याङ्जाको कालीगण्डकीमा एमालेले जितेको छ ।

अध्यक्षका उम्मेदवार खिम थापाले ६ हजार ७ सय मतसहित विजयी हुनुभएको हो । थापाले गठबन्धनका उम्मेदवार माया रानालाई पराजित गर्दै विजयी हुनुभएको हो । उपविजेता रानाले ५ हजार ५५ मत ल्याउनु भएको छ । थापा र रानाको मतान्तर १६४५ रहेको छ ।

त्यस्तै उपाध्यक्षमा एमालेकै उम्मेदवार साबित्रा कोइरालाले जित्नुभएको छ । कोइरालाले ६ हजार २२३ मत ल्याउँदा उहाँका प्रतिस्पर्धी गठबन्धनका जनमुक्तिका बम लामिछानेले ४ हजार ८३० मत ल्याउनुभएको छ । उहाँहरूको मतान्तर ज्ञ हजार ३९३ रहेको छ । वडा रहेको कालीगण्डकीमा १,३,६ मा एमाले र २, ४, ५,७ मा काँग्रेसले जितेको छ । थापा र कोइराला निवर्तमान अध्यक्ष उपाध्यक्ष हुनुहुन्छ । उहाँहरुको यो दोस्रो कार्यकाल हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button