सर्लाहीमा ३९ वडाको नतिजा सार्वजनिक
सर्लाही । गत शुक्रवार भएको स्थानीय तह निर्वाचन अन्तर्गत सर्लाहीमा आइतबार साँझसम्म ३९ वटा वडाको अन्तिम नतिजा बाहिर आएको छ ।
जसमध्ये काँग्रेसले मलंगवा नगरपालिका १, पर्सा १, हरिपूर्वा १ लगायत १५ वटा वडामा विजय हासिल गरेको छ । त्यस्तै लालबन्दी नगरपालिकाको ३ र ४, हरिवन नगरपालिकाको १, २ र ४, हरिपूर्वा नगरपालिकाको ४, धनकौल गाउँपालिकाको १ र २, ब्रह्म पुरी गाउँपालिकाको ६, बलरा नगरपालिकाको १, चन्द्रनगर गाउँपालिकाको १ र २ र रामनगर गाउँपालिकाको ७ मा नेपाली काँग्रेसका उम्मेदवारहरू वडाध्यक्षमा निर्वाचित भएका छन् ।
त्यसैगरी जिल्लाका विभिन्न पालिकाका नौ वटा वडामा जित हासिल गर्दै नेकपा माओवादी केन्द्र दोस्रो स्थानमा छ । माओवादी केन्द्रले बागमती नगरपालिकाको १ र २, बलरा नगरपालिकाको १० र ११, चक्रघट्टा गाउँपालिकाको १, रामनगर गाउँपालिकाको १, हरिपुर नगरपालिकाको १ र गोडैता नगरपालिकाको १ र लालबन्दी नगरपालिकाको १ मा विजय हासिल गरेको छ ।
त्यस्तै नेकपा एमालेले जिल्लाका विभिन्न पालिकाका गरी पाँच वटा वडामा वडा अध्यक्ष जितेको छ । एमालेले मलंगवा २, हरिवन नगरपालिका ३, हरिपुर नगरपालिका २, ईश्वरपुर नगरपालिका १ र धनकौल गाउँपालिका ३ मा जितेको छ ।
त्यस्तै नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले समान तीन/तीन ओटा वडामा जित निकालेका छन् । एकीकृत समाजवादीले हरिपुर नगरपालिका ८ र ९ तथा पर्सा गाउँपालिका २ मा जित निकोलेको छ भने जनता समाजवादी पार्टीले हरिपूर्वा नगरपालिका ३, विष्णु गाउँपालिका ८ र बसबरिया गाउँपालिका १ मा जित निकालेको छ ।
त्यसैगरी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले भने गोडैता नगरपालिका १२, हरिपूर्वा नगरपालिका २ र विष्णु गाउँपालिकाको १ मा जित निकालेको छ ।







प्रतिक्रिया राख्नुहोस्