प्रधानमन्त्रीको गृहपालिका गन्यापधुरामा काँग्रेसका कार्की निर्वाचित
डडेलधुरा । प्रधानमन्त्री शेरबहादुर देउवाको गृहपालिका गन्यापधुरा गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार इन्द्रबहादुर कार्की निर्वाचित हुनुभएको छ ।

कार्कीले तीन हजार ३८४ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेस बिपीका सुरेन्द्र मालीले एक हजार ६०४ मत पाउनुभएको छ ।
त्यस्तै उपाध्यक्षमा पनि काङ्ग्रेसकै उम्मेदवार ज्ञानुकुमारी सेटी विजयी हुनुभएको छ । उहाँले तीन हजार १३ मत पाउनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का इन्द्र महराले एक हजार ७०३ मत प्राप्त गर्नुभएको छ । प्रधानमन्त्री देउवाले वडा नं १ को रुवाखोलाबाट मतदान गर्नुभएको थियो ।
अहिलेसम्म डडेलधुरा जिल्लामा ११ वडाको मत परिणाम सार्वजनिक हुँदा नेपाली काँग्रेसले सात वडामा विजय प्राप्त गरेको छ भने एमाले एक, माओवादी केन्द्र एक र नेपाली काँग्रेस बिपी एक वडामा निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत हरिप्रसाद शर्माले जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्