तपाईँ सुन्दै हुनुहुन्छः

मताधिकार भएका सबै नागरिकलाई मतदानमा भाग लिन प्रधानमन्त्रीको आव्हान 

File Photo

काठमाडौँ । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनमा मताधिकार भएका सबै नागरिकलाई मतदानमा भाग लिन आव्हान गर्नुभएको छ ।

प्रधानमन्त्री देउवाले मंगलबार एक अपिल जारी गर्नुहुँदै स्थानीय तहलाई कानुनतः सबल र समृद्ध बनाउने प्रतिबद्धता अनुसार काम भइरहेको उल्लेख गर्नुभएको छ ।

प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचन लोकतन्त्रको आधार भएकाले यो अभियानका निर्भीकताका साथ  सहभागी भई मतदानमा भाग लिन आव्हान गर्नुभएको छ ।

स्थानीय तह निर्वाचन २०७९ का लागि देशभरका ७ सय ५३ पालिकाका सबै मतदान केन्द्रमा मतदान सामग्री पुर्‍याइएको  छ ।

निर्वाचन कार्यक्रम अनुसार मतदान हुन ३ दिन अघि नै मतदान सामग्री पुर्‍याउनु पर्ने भएकाले ७ सय ५३ पालिकाका १० हजार ७ सय ५६ मतदान  स्थलमा मतदान अधिकृत सहितको सामग्री पुगेको निर्वाचन आयोगले जनाएको छ ।

देशभरका मतदान केन्द्रमा १ लाख ९ हजार ८८ कर्मचारी र ६५ हजार ८ सय ५६ स्वयंसेवक परिचालन हुनेछन् ।

यसैबीच स्थानीय तह निर्वाचन सहजता पूर्वक सम्पन्न गर्न आवश्यक सुरक्षा व्यवस्थापन तयारी पनि पूरा भएको छ । 

स्थानीय तह निर्वाचन सुरक्षाका लागि २ लाख ६० हजार सुरक्षाकर्मी परिचालन गरिएको गृह मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button