अत्याधुनिक हतियारसहित दुई भारतीय नागरिक पक्राउ

बारा । बाराको सिम्रौनगढबाट अत्याधुनिक हतियारसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारत विहार प्रान्तको मोतीहारी जिल्लाका २३ वर्षीय पप्पुकुमार यादव र भेलावाका २२ वर्षीय अकलेशकुमार सिंह रहेका छन् ।
सिम्रौनगढ नगरपालिका वडा नं. ९ बसवरीयादेखि कचोर्वा जाने सडकबाट आज बिहान सशस्त्र प्रहरीले अटोमेटिक चाइनिज पेस्तोल, म्याग्जीन र गोलीसहित दुई भारतीय युवकलाई पक्राउ गरेको हो ।
सीमावर्ती भारतीय गाउँबाट मोटरसाइकलमा सवार भई नेपाल प्रवेश गरेका दुवै जनालाई सशस्त्र प्रहरीले रोकेर चेकजाँच गर्दा उनीहरूको साथबाट चाइनिज पेस्तोल एक थान , त्यसमा लाग्ने दुई राउण्ड गोली, एक थान म्याग्जनी दुई थान, कटुवा पेस्तोल एक थान र त्यसको दुई राउण्ड गोली बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।
पेस्तोल र गोलीसहित पक्राउ परेका दुवैलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय सिम्रौनगढमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्