गणतन्त्रको स्थायित्वको लागि वर्तमान गठबन्धन आवश्यक : प्रधानमन्त्री

बुटवल । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्रको स्थायित्वको लागि राजनैतिक दलहरू गठबन्धनमा जानुपर्ने परिस्थिति बनेको बताउनुभएको छ ।
पाँच दलीय गठबन्धनमा रहेका दलहरूले बुटवलमा आज आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले संविधानले व्यवस्था गरेका उपलब्धि जोगाएर राजनैतिक स्थिरता दिलाउन वर्तमान सत्ता साझेदार दलहरू बीचको सहकार्य आगामी दिनमा पनि जारी रहने बताउनुभयो
उहाँले आफु सरकारको नेतृत्वमा आएपछि जनताको दैनिकी सहज बनेको तथा अन्तर्राष्ट्रिय छविमा सुधार आएको बताउनुभयो ।
सभालाई नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल , गृहमन्त्री वालकृष्ण खाण, कांग्रेस प्रवक्ता डा.प्रकाश शरण महत सहरी विकास मन्त्री समेत रहनुभएकी नेकपा एकीकृत समाजवादीकी नेतृ राम कुमारी झाँक्री, माओवादी केन्द्रका नेता एवं पूर्व मन्त्री चन्द्रदेव खनाल लगायतले सम्बोधन गर्नुभएको थियो ।







प्रतिक्रिया राख्नुहोस्