भोजपुरको बोयाका आगलागी पीडितलाई राहत वितरण

भोजपुर । भोजपुरको उत्तर षडानन्द नगरपालिका वडा नम्बर १४, बोयाको बिहीबारे बजारका आगलागी पीडितलाई जिल्ला प्रशासन कार्यालय र रेडक्रस सोसाइटी भोजपुरले राहत वितरण गरेको छ ।
आगलागीबाट घर पूर्ण रुपमा क्षति भई पीडित बनेका ८ परिवारलाई तत्कालका लागि नेपाल रेडक्रस सोसाइटी भोजपुरले त्रिपाल, कम्बल, भाडा, अन्य कपडाहरू सहयोग गरेको हो ।
भोजपुरका सहायक प्रमुख जिल्ला अधिकारी राम प्रसाद दाहालले जिल्ला प्रशासन कार्यालय भोजपुरले केही नगद समेत पीडितहरूलाई वितरण गरेको बताउनुभयो ।
२२ गते बेलुका ७ः०० बजेबाट अचानक लागेको आगलागीबाट खेममणी तामाङकी अढाई बर्षिया छोरी सुस्माको ज्यान गएको थियो भने ४ घर जलेर नष्ट भएको थियो ।
आगलागीबाट पीडित परिवारका लागि सहयोग गरी दिने उद्योग वाणिज्य सङ्घ दिंला शाखाले पनि सबैलाई आग्रह गरेको छ ।
आगलागीका लागि पीडित परिवारलाई दैनिक गुजारामा समेत समस्या भएकाले सहयोगका लागि सवैसँग आग्रह गरिएको संघका दिंला शाखा अध्यक्ष रमेश श्रेष्ठले जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्