हिमा गाउँपालिकामा एक सातादेखि टेलिफोन अवरुद्ध
जुम्ला । जुम्लाको हिमा गाउँपालिकामा एक सातादेखि टेलिफोन सेवा अवरुद्ध भएको छ । समस्या आएको एक हप्ता बित्दा पनि सुधार नभएपछि गाउँपालिका एक सातादेखि सम्पर्कविहीन बनेको हो ।

नेपाल टेलिकमका अनुसार हिमा गाउँपालिका कुडुमा रहेको रिपिटर टावरको हर्नमा क्षति भएपछि टेलिफोनमा समस्या आएको हो । जसका कारण नजिकिँदै गरेको स्थानीय तहको निर्वाचन केन्द्रित सूचना प्रवाह तथा दैनिक कार्य सम्पादनमा समस्या भएको छ ।
निर्वाचनको समयमा टेलिफोनमा अवरुद्ध आएपछि सकस भएको र कार्यालयको काममा पनि बाधा भएको हिमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रण बहादुर बुढाले बताउनुभयो ।
नेपाल टेलिकम जुम्लाका कार्यालय प्रमुख रामचन्द्र श्रेष्ठले टावरको हर्नमा क्षति भएपछि समस्या आएको बताए । उनले भने ‘पुनर्निर्माणको सामान जुम्लामा थिएन । काठमाडौँबाट आइपुग्न समय लाग्यो । सामाग्री काठमाडौँबाट नेपालगन्ज आइपुगेको छ । अब जहाजमा जुम्ला आउने र चाडै निर्माण गरी सञ्चालनमा ल्याइने छ ।’








प्रतिक्रिया राख्नुहोस्