मतदान अधिकृतलाई तालिम
पाँचथर । आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि पाँचथरको फिदिममा तालिम सञ्चालन गरिएको छ ।
वैशाख २३ र २४ गते २ दिन सञ्चालन हुने तालिममा जिल्लाका १ सय ७६ मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृत सहभागी हुनुभएको छ ।
तालिममा निर्वाचन सम्बन्धी कानुनी व्यवस्था, काम, कर्तव्य र अधिकार तथा सैद्धान्तिक पक्षका बारेमा तालिम दिइने मुख्य निर्वाचन अधिकृत योगेन्द्र प्रसाद शाहले बताउनुभयो ।
स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण ढङ्गबाट निर्वाचन सञ्चालन गर्न सबैले आ–आफ्नो तर्फबाट भूमिका निर्वाह गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताउनुभयो ।
पाँचथरमा ८ स्थानीय तहमा १ सय १ मतदान स्थलमा १ सय ७६ मतदान केन्द्र रहेका छन् । जसमा कुल मतदाता १ लाख ४० हजार २ सय २४ रहेका छन् ।







प्रतिक्रिया राख्नुहोस्