सत्ता गठबन्धन दलद्वारा भरतपुरमा चुनावी सभाको आयोजना

चितवन । सत्ता गठबन्धनले आज चितवनको भरतपुरमा चुनावी सभाको आयोजना गरेको छ।

चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायतका नेताहरू अहिले कार्यक्रममा सहभागी हुनुभएको छ।

चुनावी सभालाई सत्ता गठबन्धन गठबन्धन दलका नेताहरूले अहिले सम्बोधन गरिरहनुभएको छ ।
भरतपुरमा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी नेतृ रेणु दाहाल महानगरपालिकाको मेयर पदमा उम्मेदवार हुनुहुन्छ । यसैगरी नेपाली काँग्रेसले उपमेयर पदमा उम्मेदवारी दिएको छ ।








प्रतिक्रिया राख्नुहोस्