काँग्रेसको भ्रातृ सङ्घ र शुभेच्छुक संस्थाहरूको पूर्व निर्धारित अधिवेशन स्थगित गर्न निर्देशन

काठमाडौँ । नेपाली काँग्रेसले भ्रातृ सङ्घ र शुभेच्छुक संस्थाहरूको पूर्व निर्धारित अधिवेशन/महाधिवेशन हाललाई स्थगित गर्न भ्रातृ सङ्घ र शुभेच्छुक संस्थाहरूलाई निर्देशन दिएको छ ।
पार्टीले आज एक विज्ञप्ति जारी गर्दै पार्टीमा आबद्ध भ्रातृ सङ्घ र शुभेच्छुक संस्थाहरूको अधिवेशन/महाधिवेशन स्थानीय तहको निर्वाचनको अन्तिम परिणाम प्राप्त भए लगत्तै आ–आफ्नो कार्यसमितिको बैठक बसी पूर्व निर्धारित अधिवेशन/महाधिवेशन हाललाई स्थगित गर्न निर्देशन दिएको हो ।
वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवार तथा गठबन्धनमा रहेका दलसँग तालमेल गरिएका उम्मेदवारलाई विजयी बनाउन पार्टीका सम्पूर्ण साङ्गठनिक संरचनाहरू, भ्रातृ सङ्घहरू, शुभेच्छुक संस्थाहरू लगायत विदेशस्थित जनसम्पर्क समितिहरू समेत क्रियाशील रहेकोले निर्वाचन आसपास गर्न सम्भव नदेखिएकाले स्थगित गर्नु परेको काँग्रेसले जनाएका छ ।
साथै, स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवार तथा गठबन्धनमा रहेका दलसँग तालमेल गरिएका उम्मेदवारलाई विजयी बनाउन सक्रिय रहन पनि सबै भ्रातृ सङ्घ एवं शुभेच्छुक संस्थाहरूलाई निर्देशन गरेको छ ।







प्रतिक्रिया राख्नुहोस्