तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी प्रदेश सभाको १० औँ अधिवेशन जेठ १० सम्मका लागि स्थगित

रुपन्देही । कानुनी प्रक्रिया पूरा गर्नका लागि लुम्बिनी प्रदेश सभाको १० औँ अधिवेशन मङ्गलवार बसेर जेठ १० गतेसम्मका लागि स्थगित भएको छ ।

मङ्गलवारदेखि सुरु भएको लुम्बिनी प्रदेश सभाको १० औँ अधिवेशनको पहिलो बैठक नेकपा एमालेले अवरुद्ध गरेको छ ।

प्रदेश सभाको पहिलो बैठक सुरु भए लगत्तै एमाले संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले प्रदेश सभामा आफूहरूले राखेका माग सम्बोधन नभएसम्म सदन चल्न नदिने बताउनुभयो ।

सदनमा नेकपा संसदीय दलका प्रमुख सचेतक ढकालले बोले लगत्तै एमालेका सदस्यहरूले बेल घेराउ गर्दै नाराबाजी गरेपछि बैठक स्थगित भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button