तपाईँ सुन्दै हुनुहुन्छः

उदयपुरमा दुई वडामा दलित महिला सदस्यमा निर्विरोध

उदयपुर । जिल्लाको दुई पहाडी गाउँपालिकाका दुई वडामा दलित महिला वडा सदस्य निर्विरोध निर्वाचित भएका छन् । 

निर्विरोध निर्वाचित हुने वडा सदस्यमा जिल्लाको रौतामाई गाउँपालिका–१ मा नेकपा (एमाले)को तर्फबाट वडा सदस्यकी उम्मेदवार फूलमाया (दियाली) विक भएको निर्वाचन अधिकृत सुवासकुमार भट्टराईले बताउनुभयो ।

यस्तै, जिल्लाको लिम्चुङबुङ गाउँपालिका–१ मा पनि गठबन्धन दलहरूको तर्फबाट वडा सदस्यका लागि उम्मेदवार उम्मेदवार देवकुमारी कामी निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत तुलाराज सुनुवारले बताउनुभयो । 

उहाँ गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)बाट सदस्यको उम्मेदवार बनी निर्विरोध निर्वाचित हुनुभएको हो ।

माओवादी केन्द्रबाट कलिमाया निर्विरोध निर्वाचित
जलेश्वर–
आसन्न निर्वाचनका लागि महोत्तरीको बर्दिबास नगरपालिकामा नेकपा (माओवादी केन्द्र)बाट उम्मेदवारी दर्ता गराउनुभएकी एक दलित महिला सदस्य निर्विरोध निर्वाचित हुनुभएको छ ।

बर्दिबास नपा–७ बाट दलित महिला सदस्यमा उम्मेदवारी दिनुभएकी कलिमाया निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालय बर्दिबासले जनाएको छ । 

बर्दिबास नपाको १४ वटै वडामध्ये उहाँ निर्विरोध निर्वाचित हुने पहिलो उम्मेदवार बन्नुभएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button