बृहस्पति र शुक्र आज पृथ्वीबाट नजिकै देखिने

काठमाडौँ । सौर्य मण्डलका दुई चम्किला ग्रहहरू बृहस्पति र शुक्र आज पृथ्वीबाट नजिकै जोडिएको जस्तो देखिने छन् ।
आज राती वाइनाकुलर र खुल्ला आँखाले पनि सो दृश्य देख्न सकिने छ । खगोल विद्हरूले यो घटनालाई निकै रोमाञ्चक रुपमा लिएका छन् । शुक्र र बृहस्पति आजको जति नजिक अब २७ वर्षपछि मात्र हुने छन् ।
ती दुई ग्रह यसरी नजिक हुँदा पनि एक आपसमा ४३ करोड माइल टाढा हुनेछन् । तर पृथ्वीबाट भने जोडिएका जस्तो देखिने छन् ।







प्रतिक्रिया राख्नुहोस्