सल्यानमा १४५ जनाको उम्मेदवारी फिर्ता
सल्यान । सल्यानमा विभिन्न पदमा उम्मेदवार बनेका १४५ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन नामावली प्रकाशनको अन्तिम दिन विभिन्न पदमा उम्मेदवारी दिएका १४५ जनाले उम्मेदवारी फिर्ता लिएका हुन ।
फिर्ता लिनेमा बागचौर नगरपालिकामा २ उपप्रमुख, वडाध्यक्ष सहित २४ जना, कपुर कोटमा १ जना वडाध्यक्ष, कालीमाटी गाउँपालिकामा २ वडाध्यक्ष, कुमाख गाउँपालिकामा १ अध्यक्ष, १ उपाध्यक्ष, २ वडाध्यक्ष सहित ११ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
यस्तै दार्मा गाउँपालिकामा अध्यक्ष १, उपाध्यक्ष १, वडाध्यक्ष सहित २३ जना, त्रिवेणी उपाध्यक्ष १ जना, २ जना वडाध्यक्ष गरी ११ जना, वनगाड कुपिण्डे नगरपालिकामा १ मेयर, २ उपमेयर गरी २२ जना र छत्रेश्वरीमा अध्यक्ष २, उपाध्यक्ष २ , वडाध्यक्ष ५ जना गरी २५ जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन कार्यालय सल्यानले जनाएको छ ।
शिद्ध कुमाख गाउँपालिकामा भने कुनै पदमा स्वतन्त्र उम्मेदवारी नपरेको कार्यालयले जनाएको छ ।
११ र १२ गते भएको मनोनयन दर्ता गरेका १० वटा स्थानीय तहमा विभिन्न पदमा उम्मेदवारी दिएका १ हजार ७ सय ६ ले उम्मेदवारी दिएका थिए ।







प्रतिक्रिया राख्नुहोस्