तानसेन रानीमहल सडक आज एक साता बन्द हुने
पाल्पा । पाल्पाको सदरमुकाम तानसेनदेखि रानी महलसम्म जोड्ने सडक खण्ड आजदेखि एक सातासम्म बन्द हुने भएको छ ।
आजदेखि वैशाख २१ गतेसम्म कालोपत्रे, ठाउँ–ठाउँमा मर्मत सम्भारको लागि बन्द हुने भएको हो ।
पूर्वाधार सडक कार्यालय पाल्पाले मर्मत सम्भारको लागि एक हप्ते सूचना जारी गर्दै सडक पूर्ण रुपमा बन्द गर्ने जनाएको छ ।
निर्माण व्यवसायीले गुणस्तरीय सडक निर्माण गर्न, काले पत्रे गुणस्तरीय बनाउन, बिग्रिएका स्थानमा मर्मत सम्भारका लागि जिल्ला प्रशासन र पूर्वाधार कार्यालयसँग अनुरोध गरेपछि कार्यालयले एक हप्ते सार्वजनिक सूचनामार्फत सडक पूर्ण रुपमा बन्द गर्न लागेको कार्यालयका प्रमुख अरुण कुमार गुप्ताले जानकारी दिनुभयो ।
तानसेन रानीमहल सडक बन्द रहे पनि रानीमहल जाने पर्यटकहरूले वैकल्पिक सडकको रुपमा मिसन दैलातुङ्गको सडक प्रयोग गर्न सकिने वा तानसेन, बतासे डाँडा, बौघागुम्वा छेर्लुङ सडक वा अर्गली रानीमहल सडक प्रयोग गरी रानीमहल जान सक्ने छन् ।







प्रतिक्रिया राख्नुहोस्