१ सय ५० किलो लागु औषध गाँजासहित दुई जना पक्राउ
बारा । बारा प्रहरीले आज १ सय ५० किलो लागु औषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरी चौकी मटिअर्वा बाराबाट खटिएको प्रहरी गस्ती टोलीले कलैया उप–महानगरपालिका–१० निलकण्ठवा टोलस्थित नेपाल भारत सिमाना नजिकै सडकबाट लागु औषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
पक्राउ पर्नेमा भारत विहार राज्य मोतिहारी जिल्ला थाना सङ्ग्रामपुर ग्राम पञ्चायत भटवलिया बस्ने वर्ष ३५ का अजित पासवान र वर्ष ६० का रामदर्शन महतो रहेका छन् ।
नेपालबाट भारततर्फ गाँजा लिएर गइरहेको अवस्थामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो । प्रति पोका १५ किलोग्रामको दरले १० वटा पोकामा १५० किलोग्राम गाँजा बरामद भएको बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्