परीक्षामा भिडभाड नगर्न गृह मन्त्रालयको ध्यानाकर्षण

काठमाडौँ । गृह मन्त्रालयले विश्वविद्यालय तथा विद्यालयको लिने हरेक किसिमका परीक्षामा बाह्य मान्छेको भिडभाड बढेको भन्दै ध्यानाकर्षण गरेको छ ।
मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले आज एक विज्ञप्ति जारी गरी विभिन्न विश्वविद्यालय तथा विद्यालय तहका वार्षिक वा अन्य परीक्षामा परीक्षार्थीलाई उत्तर पुस्तिका वितरण गर्नु पूर्व वा परीक्षा अवधिभर कार्यालय प्रयोजनको लागि बाहेक अन्य कुनै पनि प्रकारको तस्बिर वा भिडियो नलिन आग्रह गर्नुभएको हो ।
उहाँले परीक्षामा तोकिएका निरीक्षक बाहेक अनुगमनका नाममा ठूलो सङ्ख्यामा बाह्य व्यक्ति एकै पटक वा पटक–पटक परीक्षा हलमा प्रवेश गरी परीक्षाको वातावरण अस्वस्थ बनाउने गरेको पाइएकाले त्यस्ता कार्य नगर्न नगराउन सम्बन्धित सबैमा जानकारी गराउनुभएको छ ।







प्रतिक्रिया राख्नुहोस्