अछामका ४ सय ७५ पदमा १ हजार ५ सय २३ जनाको उम्मेदवारी
अछाम । आउँदो वैशाख ३० गते हुने पालिका चुनावका लागि अछाममा विभिन्न दल र स्वतन्त्रबाट गरी करिब १ हजार पाँच सय बढीले उम्मेदवारी दर्ता गराएका छन् ।

अछामका १० वटा पालिकामा ४ सय ७५ पदका लागि १ हजार ५ सय २३ जनाको उम्मेदवारी दर्ता भएको जिल्ला निर्वाचन अधिकारी कृष्ण सिंह नायकले जानकारी दिनुभयो ।
जसमा कमलबजार नगरपालिका १६५, चौरपाटी गाउँपालिका ११३, ढकारी गाउँपालिका १३७, तुर्माखाँद गाउँपालिका १६४, पञ्चदेवल विनायक नगरपालिका १८६, बान्नीगढी जयगढ गाउँपालिका १०६ जनाको उम्मेदवारी दर्ता भएको छ ।
यस्तै जिल्लाको सदरमुकाम समेत रहेको मङ्गलसेन नगरपालिकामा १ सय ९२, मेल्लेख गाउँपालिका १ सय ६१, रामारोशन गाउँपालिका १ सय ११ र साँफेबगर नगरपालिका १ सय ८२ गरी कुल जम्मा १ हजार ५ सय २३ जनाको उम्मेदवारी दर्ता भएको जिल्ला निर्वाचन अधिकारी नायकले बताउनुभयो ।
१० वटै पालिकामा प्रमुख अध्यक्षमा ४९ जना, उपप्रमुख उपाध्यक्षमा ४६, वडा अध्यक्षमा ३२१, खुल्ला सदस्यमा ३९८, महिला सदस्य २६२, दलित महिला सदस्यमा ४४७ जनाको उम्मेदवारी रहेको छ ।
उम्मेदवारको विरोधमा मङ्गलवार परेको दाबी, विरोधमा आज छानबिन भइरहेको र जाँचबुझ तथा मनोनयन फिर्ता लिएपछि अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ ।
१७ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने निर्वाचन आयोगले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्