तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानबाट तीन जना पत्रकारद्वारा स्थानीय तहमा उम्मेदवारी 

सल्यान । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सल्यानबाट तीन  जना पत्रकारले स्थानीय तहमा उम्मेदवारी दिनुभएको छ । 

नेपाल पत्रकार महासङ्घमा आबद्ध तीन पत्रकारले राजीनामा दिएर उम्मेदवारी दिनुभएको हो । उहाँहरू तीनै जनाले शारदा नगरपालिकाको वडाध्यक्ष पदमा उम्मेदवारी दिनुभएको छ । 

शारदा नगरपालिका २ को वडाध्यक्षमा सविन हमाल, वडा न ४ को वडाध्यक्षमा पदम गिरी र वडा न ११ को वडाध्यक्षमा राजेश शर्माले उम्मेदवारी दिनुभएको हो । 

उम्मेदवार तीन जनाले महासङ्घबाट राजीनामा दिएको नेपाल पत्रकार महासङ्घ सल्यानका अध्यक्ष नवीन पौडेलले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button