नेपालमा लक्षित जनसङ्ख्याको ८३ दशमलव ६ प्रतिशतले लगाए पूर्णमात्रा खोप

काठमाडौँ । नेपालमा हालसम्म लक्षित जनसङ्ख्याको ८३ दशमलव ६ प्रतिशतले कोरोना विरुद्धको पूर्णमात्रा खोप लगाएका छन् ।
लक्षित जनसङ्ख्या १२ वर्षदेखि माथिका ९५ दशमलव २ प्रतिशतले कोरोना विरुद्धको एक मात्रा र ८३ दशमलव ६ प्रतिशतले पूर्णमात्रा खोप लगाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
आज ८६ हजार १ सय ३६ ले कोरोना विरुद्धको खोप लगाएका छन् ।
यसैगरी देशभर आज थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
५ हजार २ सय २६ नमुनाको परिक्षण गर्दा १० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा १८ जना कोरोना मुक्त भएका छन् । देशभरि २ सय ६१ कोरोनाका सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्