भरतपुरको मेयरका लागि गठबन्धनबाट दाहाल र उपमेयरमा अधिकारीको उम्मेदवारी
चितवन । गठबन्धनबाट भरतपुर महानगरपालिकाको मेयर पदमा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रकी रेणु दाहाल र उपमेयर पदका लागि नेपाली काँग्रेसबाट चित्रसेन अधिकारीले उम्मेदवारी दर्ता गर्नुभएको छ ।

आज मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उहाँहरूले उम्मेदवारी दर्ता गराउनुभएको हो ।
उम्मेदवारी दर्तामा मेयरको समर्थकमा कृष्ण बगाले र प्रस्तावकमा कृष्णराज न्यौपाने लब्ली तथा उपमेयरको समर्थकमा कृष्णराज न्यौपाने लब्ली र प्रस्तावकमा गोपीलाल देवकोटा हुनुहुन्छ ।







प्रतिक्रिया राख्नुहोस्