वीरगन्जको मेयरका लागि १८ जनाको मनोनयन दर्ता
बीरगंज । स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गर्ने अन्तिम दिन आज ४ बजेसम्म वीरगन्ज महानगरको मेयर पदका लागि १८ जनाले मनोनयन दर्ता गराउनुभएको छ ।

जिल्ला समन्वय समितिको कार्यालय परिसरमा स्थापना गरिएको प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा पहिलो दिन हिजो वीरगन्जको मेयर पदका लागि १२ जनाको मनोनयन परेको थियो भने आज अपराह्न ४ बजेसम्म जसपाको तर्फबाट गठबन्धनका उम्मेदवार राजेशमान सिंह, नेकपा एमालेको तर्फबाट निवर्तमान मेयर विजय सरावगी, राप्रपाका गिरिस गिरी, नेमकिपा र सद्भावनाका तर्फबाट थप १/१ जना र स्वतन्त्र १३ जना गरी १८ जनाले मेयर पदका लागि मनोनयन दर्ता गराउनुभएको महानगरका मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिनुभयो ।

उपमेयरका लागि हिजो कसैको उम्मेदवारी नपरे पनि आज एमाले, लोसपा गठबन्धनको तर्फबाट पुरुषोत्तम लाल झा, राप्रपाबाट विना जसवाल, स्वतन्त्रबाट शालिक राम प्रसाद कानुले उम्मेदवारी दर्ता गराउनुभएको छ ।







प्रतिक्रिया राख्नुहोस्