मङ्गलसेनमा नगरप्रमुख सहित १५ जना तथा बान्नीगढीमा अध्यक्ष उपाध्यक्ष दुवैको राजीनामा

अछाम । स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न राजीनामा दिनुपर्ने प्रावधान अनुसार अछामका विभिन्न पालिकाका जनप्रतिनिधिले राजीनामा दिएका छन् ।
जिल्ला सदरमुकाम समेत रहेको मङ्गलसेन नगरपालिकाका प्रमुख, बान्नीगढी जयगढ गाउँपालिकाका प्रमुख, उपप्रमुख लगायतका जनप्रतिनिधिले राजीनामा दिएका हुन् ।
मङ्गलसेन नगरपालिकाको मेयर पदम बहादुर बोहरा पुनः नेकपा एमालेको तर्फबाट मेयरमै उम्मेदवार बनेपछि नगर प्रमुख पदबाट राजीनामा दिनु भएको हो । नगर प्रमुख बोहरा सहित वडा नम्बर १० का अध्यक्ष नेत्र बहादुर रावल, १२ का अध्यक्ष प्रेम बहादुर रावल, कार्यपालिका सदस्य, वडा सदस्य गरी १५ जनाले राजीनामा दिएका छन् ।

त्यसैगरि आफूले प्रयोग गर्दै आएको सवारी साधना वडा नम्बर १,२,३,४,५,११ र १२ नम्बर वडाका वडा अध्यक्षले नगरपालिकाकामा बुझाएका नगरपालिकाका स्टोर किपर नरेश बहादुर कठायतले जानकारी दिनु भयो ।
उता बान्नीगढी जयगढ गाउँपालिकामा स्थानीय तहको निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवार बन्न अध्यक्ष राजेन्द्र बहादुर खड्का र उपाध्यक्ष लोक बहादुर साउँदले राजीनामा दिएका छन् ।
नेपाली काँग्रेसबाट बान्नीगढी जयगढ गाउँपालिकाको अध्यक्षमा खड्का निर्वाचित भएका थिए । यस्तै माओवादी केन्द्रबाट उपाध्यक्ष निर्वाचित साउद वैशाख ३० हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट बान्नीगढी जयगढ गाउँपालिका अछामको अध्यक्ष उम्मेदवार बन्न लागेका छन् ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धनबाट अध्यक्ष खड्का र उपाध्यक्ष साउद निर्वाचित भएका थिए ।







प्रतिक्रिया राख्नुहोस्