एमाले धनकुटाले सात वटै पालिका प्रमुख र उपप्रमुखको टुङ्गो लगायो
धनकुटा । नेकपा एमालेले धनकुटाका सात वटै पालिकामा आफ्ना उम्मेदवारको टुङ्गो लगाएको छ । धनकुटा नगरपालिका प्रमुखका लागि निवर्तमान नगर प्रमुख चिन्तन तामाङ र उपप्रमुखको उम्मेदवारमा भीमा खनाललाई चयन गरेको छ ।
पाख्रीबास नगरपालिका प्रमुखमा भीम राई र उपप्रमुखमा नम्रता देउजा, महालक्ष्मी नगरपालिकामा प्रमुख दीपक बुढाथोकी र उपप्रमुखमा मञ्जु कार्कीलाई चयन गरिएको छ । त्यस्तै चौबिसे गाउँपालिका अध्यक्षमा राजकुमार चेम्जोङ र उपाध्यक्ष टंकमाया मगर, साँगुरीगढी गाउँपालिकामा कुमारजंग याखा र उपाध्यक्षमा मुना राईलाई चयन गरिनुको साथै छथर जोरपाटी गाउँपालिकामा अध्यक्ष शेरबहादुर लिम्बु र उपाध्यक्षमा गोमा कार्की तथा सहीदभूमि गाउँपालिकामा अध्यक्ष मनोज राई र उपाध्यक्षमा रत्नश्वरी राईको नाम टुङ्गाइएको छ ।
धनकुटा नगरपालिकाको उपप्रमुख, पाख्रीबास नगर प्रमुख र उपप्रमुख तथा महालक्ष्मी नगरपालिकाको प्रमुख, चौबिसे, साँगुरीगढी र छथर जोरपाटीका उपाध्यक्ष नयाँ अनुहारका उम्मेदवार हुन् । चौबिसेका अध्यक्ष, उपाध्यक्ष, साँगुरीगढीका उपाध्यक्ष र छथर जोरपाटीका उपाध्यक्षसमेत नयाँ हुन् । जिल्ला कमिटीले प्रदेश कमिटीमा पठाएको नामावली सदर भएपछि उम्मेदवारको टुङ्गो लागेको पार्टी अध्यक्ष ईन्नद्रमणि पराजुलीले जानकारी दिनुभयो ।
जिल्लाको ६० वटै वडाको आज टुङ्गो लाग्ने अध्यक्ष पराजुलीले जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्