तपाईँ सुन्दै हुनुहुन्छः

खेलाडी सङ्घको अध्यक्षमा लामा निर्वाचित

काठमाडौँ । खेलाडी सङ्घको अध्यक्षमा विक्रम लामा निर्वाचित हुनुभएको छ ।

आइतबार भएको साधारण सभाले लामालाई खेलाडी सङ्घको नेतृत्वमा सर्वसम्मत चयन गरेको हो ।

लामाको नेतृत्वमा खेलाडी सङ्घको नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ । उपाध्यक्षमा विकेश कुथु, सुजल श्रेष्ठ र बिराज महर्जन निर्विरोध रहे । सदस्यहरूमा रञ्जित धिमाल, अनन्त तामाङ, विशाल राई, विमल घर्तिमगर, सरोज दाहाल, रोहित चन्द र विशाल श्रेष्ठ निर्वाचित भए ।

एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले नयाँ कार्यसमितिलाई स्वागत तथा शुभकामना दिनुभएको थियो ।

अध्यक्षमा निर्वाचित लामाले खेलाडीको हक अधिकार स्थापित गर्न सङ्घले सबैसँग मिलेर काम गर्ने बताउनुभयो ।

राष्ट्रिय फुटबल टिमका खेलाडी रहँदै विक्रमले थ्री स्टारमार्फत घरेलु फुटबल खेल्दै आउनुभएको छ । विक्रमको कप्तानीमा नेपालले १३ औँ दक्षिण एसियाली खेलकुद सागमा स्वर्ण जितेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button