धनुषामा उम्मेदवार मनोनयन गर्नेहरूको भिड

जनकपुरधाम । स्थानीय तहको चुनावका लागि आजदेखि धनुषाका १८ वटै पालिकामा उम्मेदवारहरूको मनोनयन पत्र दर्ता गर्ने काम सुरु भएको छ ।
जनकपुरधाम उपमहानगरपालिकाका विभिन्न पदका लागि विभिन्न दल तथा स्वतन्त्रबाट उम्मेदवारी दिनेहरूको निक्कै भिड रहेको छ ।
अहिले नगरपालिका क्षेत्रमा कडा सुरक्षा व्यवस्था मिलाइएको छ । उम्मेदवारी दर्ताको लागि बिहानदेखि धनुषाको १८ वटै पालिकामा निक्कै उत्साह देखिएको छ ।
अहिले विभिन्न दलका प्रतिनिधि तथा स्वतन्त्र उम्मेदवारहरू उम्मेदवारी दर्ताका लागि स्थानीय तहमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा पुगिरहेका छन् ।
दर्ताको यकिन विवरणपछि मात्र दिन मिल्ने निर्वाचन अधिकृतको कार्यालयहरूले जनाएका छन् । स्थानीय निर्वाचन अधिकृतको कार्यालयहरूमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । निर्वाचन अधिकृतको कार्यालय भएको क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा म्यादी प्रहरी परिचालन गरिएको छ ।
यसैबीच जनता समाजवादी पार्टीको राजदरबारमा आज बसेको बैठकमा टिकटको विषयमा दुई पक्षका बीचमा झडप भएको छ । झडपमा परेर १० जना नेता तथा कार्यकर्ताहरू घाइते भएका छन् ।







प्रतिक्रिया राख्नुहोस्