विवेकशील साझाले विराटनगर र भरतपुरको मेयरको टुङ्गो लगायो

काठमाडौँ । विवेकशील साझा पार्टीले भरतपुर र विराटनगर महानगरपालिकाका लागि उम्मेदवार टुङ्ग्याएको छ । आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उम्मेदवारहरूबारे निर्णय गरेको हो।
पार्टीले विराटनगर महानगरपालिकाको मेयरमा अमलेश कर्ण र भरतपुर महानगरपालिकाको मेयरमा प्रवीण काफ्लेलाई उम्मेदवार बनाउने निर्णय गरेको पार्टी प्रवक्ता शरदराज पाठकले जानकारी दिनुभएको छ। त्यसै गरी भरतपुरको उपमेयरमा पुष्पा सापकोटालाई उम्मेदवार बनाउने निर्णय भएको पाठकले बताउनुभयो।
विराटनगर नगरपालिकाका मेयरका उम्मेदवार कर्ण र भरतपुरकी उपमेयरका उम्मेदवार सापकोटा पार्टीका केन्द्रीय सदस्य हुनुहुन्छ। भरतपुर नगरपालिकाका मेयरकाे उम्मेदवार काफ्ले चितवनका पूर्व जिल्ला संयोजक हुनुहुन्छ ।
कर्ण २०७४ को सङ्घीय निर्वाचनमा मोरङ क्षेत्र नम्बर ४ का उम्मेदवार हुनुहुन्थ्यो भने भरतपुरका मेयरका उम्मेदवार २८ वर्षीय काफ्ले मेकानिकल इन्जिनियर हुनुहुन्छ।







प्रतिक्रिया राख्नुहोस्