तपाईँ सुन्दै हुनुहुन्छः

एमालेबाट पोखराको उपमेयरमा सिफारिस गुरुङद्वारा उम्मेदवारी अस्वीकार

कास्की । नेकपा एमालेबाट सिफारिस मञ्जु देवी गुरुङले आफु उपमेयरको उम्मेदवार नबन्ने बताउनु भएको छ । नेकपा एमालेको केन्द्रीय कमिटीले शनिबार पोखरा महानगरमा मेयर दीपक पौडेल र उपमेयर गुरुङलाई बनाउने निर्णय गरेको थियो ।

केन्द्रीय निर्णयलाई उहाँले अस्वीकार गर्नु भएको छ ।  आफूलाई उम्मेदवारी बनाउने विषयमा खबर नगरी टिकट दिएको उहाँको भनाइ रहेको छ । गुरुङले आफूले मेयरको लागि समेत दाबी नगरेको बताउनु भयो । मेयरका उम्मेदवारी पौडेल गण्डकी प्रदेश सचिवालयका सदस्य हुनुहुन्छ भने गुरुङ एमाले केन्द्रीय सदस्य हुनुहुन्छ । 

हाल पोखरा उपमहानगरको उपमेयर समेत रहेकी गुरुङले उपमेयरमा उठ्ने सोच नरहेको बताउनु भएको हो । एमालेले पोखरा महानगरको मेयरमा दिपक पौडेल र उपमेयरमा मञ्जुदेवी गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । पौडेल पूर्व शिक्षक हुनुहुन्छ  भने गुरुङ बहालवाला पोखरा महानगरको उपमेयर हुनुहुन्छ । 

‘पार्टीले अहिलेसम्म भनेको पनि छैन, दाबी पनि गरेको थिइन यसबारे पार्टीमा छलफल गर्नेछु, उहाँले भन्नु भयो ।  मैले प्रतिस्पर्धाबाट बाहिरिने निर्णय गरेकी हुँ । पार्टीको निर्णयबारे नेताहरूसँग सम्पर्क गर्छु, अहिलेसम्म जानकारी पनि पाएको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button