विश्व स्वास्थ्य सङ्गठनले अत्याधुनिक आनुवंशिक प्रयोगशालाको विकासमा सहयोग गर्ने

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठनले नेपालमा अत्याधुनिक आनुवंशिक प्रयोगशालाको विकासमा सहयोग गर्ने इच्छा देखाएको छ ।
विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक डा. टेड्रोस अधानाम गेब्रेयसस र सङ्गठनका पूर्वी एसियाका लागि क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल सिंह सहितको प्रतिनिधि मण्डले हालै गरेको नेपाल भ्रमणका क्रममा भएका गतिविधिलाई जानकारी गराउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले महानिर्देशक डा. टेड्रोसले अत्याधुनिक आनुवंशिक प्रयोगशालाको विकास गर्न उपकरण तथा प्रशिक्षणमा सहयोग गर्ने इच्छा व्यक्त गर्नुभएको जानकारी दिनुभयो ।
३ दिने नेपाल भ्रमणका क्रममा महानिर्देशक टेड्रोस र क्षेत्रीय निर्देशक डा.सिंहले कोभिड–१९को नियन्त्रणमा नेपालले खेलेको भूमिकाको उच्च प्रशंसा गर्दै अन्य देशहरूले नेपालबाट पाठ सिक्नुपर्ने बताउनुभएको पनि मन्त्री खतिवडाले जानकारी दिनुभयो ।
यही वैशाख ८ गते नेपाल आएको महानिर्देशक डा. टेड्रोस र क्षेत्रीय निर्देशक डा. सिंह सहितको विश्व स्वास्थ्य सङ्गठनको प्रतिनिधि मण्डल हिजो बिहान फर्किएको हो ।







प्रतिक्रिया राख्नुहोस्