तपाईँ सुन्दै हुनुहुन्छः

अन्तर जिल्ला सीमा सुरक्षा समन्वय बैठक सम्पन्न

बारा । बारा, पर्सा, रौतहट र मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको अन्तर जिल्ला सीमा सुरक्षा समन्वय बैठक बाराको निजगढमा सम्पन्न भएको छ ।

जिल्ला प्रशासन कार्यालय, बाराको आयोजनामा भएको बैठकमा स्थानीय तहको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गराउन आवश्यक सुरक्षाका विभिन्न आयामहरूप्रति विचार विमर्श भएको थियो ।

सीमापारिबाट हुन सक्ने सम्भावित जोखिम नियालेर अपनाउनुपर्ने सतर्कताको विषयमा प्रमुख जिल्ला अधिकारीहरूबिच गहन छलफल भएको थियो ।

निजगढ नगरपालिकाको सभा हलमा भएको बैठकमा बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद कटुवाल, पर्साका प्रमुख जिल्ला अधिकारी उमेश रेग्मी, रौतहटका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर शाही र मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे लगायत उक्त जिल्लाका सुरक्षा निकायका प्रमुखहरूको सहभागिता थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button