तपाईँ सुन्दै हुनुहुन्छः

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार

फाइल तस्बिर

काठमाडौँ । सत्तारूढ दल नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको आज बस्ने भनिएको बैठक स्थगित भई भोलि शनिबार बस्ने भएको छ । 

नेताहरूको व्यस्तताका कारण आज बस्ने भनिएको बैठक भोलि सम्मका लागि स्थगित गरिएको हो । 

यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको उम्मेदवारीबारे छलफल गर्न बैठक शनिबार बिहान ११ः०० बजेका लागि आह्वान गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । 

भोलिको बैठकमा उपस्थितिका लागि केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई निर्देशानुसार काँग्रेसले अनुरोध गरेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button