तपाईँ सुन्दै हुनुहुन्छः

खोम गुरुङको ‘आगोले जल्दैन दिल’ बोलको गीत सार्वजनिक हुँदै

काठमाडौँ । केही बर्ष अगाडि गुन्द्रुक साँधेको बोलको गीत बनाएर बनाउन चर्चा कमाउन सफल इलामेली कवि तथा गीतकार खोम गुरुङको ‘आगोले जल्दैन दिल’ बोलको गीत आज सार्वजनिक हुने भएको छ । 

गीतकार गुरुङको शब्दमा रहेको उक्त गीतको सङ्गीत संयोजन पावल चाम्लिङ राईले गर्नुभएको छ भने सङ्गीत र स्वर नव उदयमान सङ्गीतकर्मी तथा गायक निर्मल दियालीले दिनुभएको छ । 

आफ्नू मातृभूमि छाडेर खाडीको कतारहुँदै दक्षिण कोरियासम्म पुगेर आफ्नो जीवनको केही उर्वरशिल उमेर व्यतीत गरिसक्नुभएका गुरुङको ‘आगोले जल्दैन दिल’ बोलको गीत निर्मल दियाली अफिसियल युट्युब च्यानलबाट आज अपराह्न ४ः०० बजे सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button