तपाईँ सुन्दै हुनुहुन्छः

आज १० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । देशभर आज १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ  । 

४ हजार ४ सय ३ वटा नमुनाको परीक्षण गर्दा १० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

आज २६ जना संक्रमित सङ्क्रमणमुक्त भएका छन् भने संक्रमित कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । 

सक्रिय सङ्क्रमितको सङ्ख्या ३ सय ३४ रहेको छ जसमध्ये ३ सय २४ जना होम आइसोलेसन र १० जना संस्थागत आइसोलेसनमा रहेका छन् । 

आज ७२ हजार ६ सय ८९ जनाले कोरोना  विरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button