खानेपानीको चुहावट नियन्त्रण गर्न मन्त्रीको निर्देशन
ललितपुर । खानेपानी मन्त्री उमाकान्त चौधरीले मेलम्चीको पानी वैशाख ११ गतेदेखि काठमाडौँ उपत्यकामा आउने भएकाले वितरणको तयारीमा जुट्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ ।

काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १७ औँ वार्षिकोत्सवको अवसरमा आज आयोजित कार्यक्रममा मन्त्री चौधरीले मेलम्चीको पानी उपभोग गर्ने काठमाडौँ उपत्यकावासीको चाहना आगामी आइतबारबाट पुरा हुने बताउनुभयो ।
मन्त्री चौधरीले मेलम्चीको पानी समानुपातिक ढङ्गले उपत्यकाका सबै क्षेत्रमा वितरण गर्नको लागि पाइप लाइनको परिक्षण र चुहावट नियन्त्रणको लागि सम्बन्धित निकायले विशेष पहल गर्नुपर्ने बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्