तपाईँ सुन्दै हुनुहुन्छः

आज १२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । देशभर आज १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

३ हजार ४ सय ८९ नमुनाको परीक्षण गर्दा १२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

आज संक्रमित ३६ जना सङ्क्रमणमुक्त भएका छन् भने संक्रमित कसैको मृत्यु नभएको मन्त्रालयले जानकारी दिएको छ । 

यस्तै आज ६ हजार ७ सय ५८ जनाले कोरोना विरुद्धको खोप लगाइएको मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button