सशस्त्र प्रहरीद्वारा ६२ लाखभन्दा बढी मूल्यको राजस्व छलिको सामान सहित ट्रक बरामद
वीरगंज । वीरगंजको गण्डकबाट सशस्त्र प्रहरीले ६२ लाख ५६ हजार भन्दा बढी मूल्यको राजस्व छली भित्र्याइएको सामान सहितको ट्रकलाई नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरीले वीरगंज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित सडक खण्डबाट हिजो साँझ ६ः३० बजे अवैध रुपमा राजस्व छली भित्र्याइएको सामान वीरगंजबाट काठमाडौँ तर्फ लैजान लागेको अवस्थामा प्रज्ञापन पत्र भन्दा बढीको सामान बोकेको ना ६ ख ४४७४ नम्बरको ट्रक नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साका सशस्त्र प्रहरी उपरीक्षक तेज प्रसाद पोखरेलले जानकारी दिनुभयो ।
सशस्त्र प्रहरीले ट्रकबाट ४२ लाख ५६ हजार १ सय २९ रुपैयाँ बराबरको प्रज्ञापन पत्र विनाको मोबिल, भारतीय कपडा र खुद्रा सामान र २० लाख मूल्य बराबरको ट्रक गरी ६२ लाख ५६ हजार १ सय २९ रुपैयाँ मूल्याङ्कन गरेर थप कारबाहीका लागि ट्रकलाई आज राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक पोखरेलले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्