तपाईँ सुन्दै हुनुहुन्छः

राप्रपाले गर्‍यो भद्रपुरमा उम्मेदवार घोषणा : प्रमुखमा नवराज, उपप्रमुखमा राधा

भद्रपुर, झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले झापाको सदरमुकाम रहेको भद्रपुर नगरपालिकामा उम्मेदवारहरू घोषणा गरेको छ ।

भद्रपुर–४ स्थित चन्द्र मौलोश्वर सामुदायिक भवनमा आज उम्मेदवार घोषणा सभा आयोजना गरी राप्रपाले स्थानीय तहको आसन्न निर्वाचनको सन्दर्भमा भद्रपुर नगरपालिकाका लागि सबै उम्मेदवारहरूको नाम घोषणा गरेको हो ।

राप्रपाले भद्रपुरमा प्रमुखमा पार्टीका झापा ३ नं क्षेत्रीय अध्यक्ष नवराज पनेरु ‘राजु’ र उपप्रमुखमा भद्रपुर नगर समिति अध्यक्ष राधा कार्कीलाई उम्मेदवार बनाउने घोषणा गरेको छ । घोषणा सभाका प्रमुख अतिथि पार्टीका प्रवक्ता भक्ति सिटौलाले दुवै जनाको नाम घोषणा गरेका थिए । अघिल्लो निर्वाचनमा पनि भद्रपुरको प्रमुख र उपप्रमुखमा राप्रपाले पनेरु र कार्कीलाई नै उम्मेदवार बनाएको थियो ।

यसैगरी, वडाध्यक्ष र सदस्यहरूको उम्मेदवारहरूको नाम पार्टीका जिल्ला अध्यक्ष केशवप्रसाद ओझाले घोषणा गरेका गर्नु भएको थियो ।

पार्टीका वार्ड र नगरस्तरीय कमिटीहरूबाट सिफारिस भएका नामहरूलाई जिल्ला कमिटीले अनुमोदन गरेको बताउँदै अध्यक्ष ओझाले सबै पदमा एक–एकजनाको मात्र नाम सिफारिस भएकोले राप्रपा भद्रपुरमा सर्वसम्मत उम्मेदवार चयन गर्न सफल भएको बताउनुभयो । उम्मेदवार चयन गर्दा क्रियाशील र युवालाई प्राथमिकता दिइएको उहाँले बताउनुभयो ।

राप्रपाले भद्रपुर–१ मा अध्यक्षमा दलबहादुर लिम्बू (शङ्कर), महिला सदस्यमा मिना लिम्बू, दलित महिला सदस्यमा कमला दर्जी तथा खुला सदस्यमा सोम तामाङ र ओकेन्द्र खरेल,  २ मा अध्यक्षमा राबहादुर राई, दलित महिला सदस्यमा सुमित्रा दर्जी तथा खुला सदस्यमा गोपाल गिरी र सविन मगर, ३ मा अध्यक्षमा हेमबहादुर कार्की, महिला सदस्यमा रिना मगर, दलित महिला सदस्यमा शोभा ठटाल तथा खुला सदस्यमा मोदीलाल गणेश र पूनम सुब्बा,  ४ मा अध्यक्षमा दिनानाथ रिजाल (शङ्कर), महिला सदस्यमा गंगा विष्ट, दलित महिला सदस्यमा गंगा ढटाल तथा खुला सदस्यमा अशोककुमार राया र सुवास खेवा, ५ मा अध्यक्षमा देवकुमार घिमिरे, महिला सदस्यमा गीता मेचे, दलित महिला सदस्यमा चन्द्रकला भुषाल तथा खुला सदस्यमा रोहित यादव र ज्येष्ठमल ठाकुर (प्रदीप)–लाई उम्मेदवारको रुपमा अघि सारेको छ ।

त्यसैगरी, वडा नं ६ मा अध्यक्षमा ढकबहादुर विष्ट (जीवन), महिला सदस्यमा उमा गौतम, दलित महिला सदस्यमा लक्ष्मी साफी तथा खुला सदस्यमा सुबोध झा र जयसिंह राजवंशी, ७ मा अध्यक्षमा पार्टीका जिल्ला सचिव अभिषेक ढुङ्गाना, महिला सदस्यमा सुररिला राजवंशी, दलित महिला सदस्यमा कल्पना बि.क. तथा खुला सदस्यमा कविन्द्रप्रसाद दाहाल र निर्मल राजवंशी, ८ मा अध्यक्षमा गणेशप्रसाद लिम्बू, महिला सदस्यमा निशा लामा, दलित महिला सदस्यमा मिना नेपाली दर्जी तथा खुला सदस्यमा नारायण राई, ९ मा अध्यक्षमा ज्ञानबहादुर राई (सविन), महिला सदस्यमा मीनु खत्री बोगटी, दलित महिला सदस्यमा पर्मिला दमाईं तथा खुला सदस्यमा ईश्वरीप्रसाद रिजाल र नेपालसिंह राजवंशी र वडा नं १० मा अध्यक्षमा खेमराज भट्टराई, महिला सदस्यमा सङ्गीता नेपाल, दलित महिला सदस्यमा स्मृति सिवा तथा खुला सदस्यमा नारायण राजवंशी र विनोदकुमार राई उम्मेदवार बनेका छन् ।

हिन्दु राष्ट्र र भ्रष्टाचार विरोधी एजेण्डा लिएर चुनावी मैदानमा होमिएको राप्रपाले भद्रपुरमा सर्वसम्मत उम्मेदवारी घोषणा गरेसँगै झापामा उम्मेदवार घोषणा गर्ने पहिला पार्टी बनेको छ । राप्रपाप्रति जनविश्वास बढ्दै गएकोले आकाङ्क्षीहरू बढे पनि पार्टीले सबैलाई व्यवस्थापन गर्दै सर्वसम्मत रुपमा उम्मेदवार चयन गरिएको नगरप्रमुखका उम्मेदवार नवराज पनेरुले बताउनुभयो ।

नगर समिति अध्यक्ष राधा कार्कीको अध्यक्षतामा सचिव कुसुम भट्टराईले सञ्चालन गरेको घोषणा सभामा प्रमुख अतिथि सिटौलाले देशैभरि राप्रपाप्रति जनलहर उर्लिएको दाबी गर्दै राप्रपाका उम्मेदवारहरूको जीत हुने र त्यसका लागि सबै उम्मेदवारलाई विजयीको शुभकामना दिएका दिनु भयो ।                          

प्रतिक्रिया राख्नुहोस्

Back to top button