तपाईँ सुन्दै हुनुहुन्छः

सत्ता गठबन्धन बैठक : महानगर र उपमहानगरकाे बारेमा भोलि बेलुकासम्ममा टुङ्गो लगाउने

File Photo

काठमाडौँ । सत्ता गठबन्धनले स्थानीय निर्वाचनका लागि महानगरपालिका र उपमहानगरपालिकाका बारेमा भोलि बेलुकासम्ममा टुङ्गो लगाउने भएका छन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको पाँच दलीय सत्ता गठबन्धनको बैठकले  महानगर र उपमहानगर चुनावी तालमेलको टुङ्गो भोलि बेलुका सम्ममा टुङ्गो लगाउने निर्णय गरेको नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा ‘प्रचण्ड’ का स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो ।

बैठकले भोलिसम्म महानगर÷उपमहानगरबारे टुङ्गो लगाउने, बाकी सबै प्रदेशमा निर्वाचनको तयारी र गठबन्धनको अवस्थाबारे भोलि नै कार्यदलको रिपोर्ट लिने निर्णय गरेको मल्लले जानकारी दिनुभयो ।

देशैभर ६ महानगर र ११ उपमहानगरपालिका छन् ।  स्थानीय तहमा उम्मेदवारका आकाङ्क्षी धेरै भएपछि सत्ता गठबन्धनले महानगर/उपमहानगरका उम्मेदवारको टुङ्गो लगाउन सकेको छैन ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एस) का अध्यक्ष माधव कुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, नारायणकाजी श्रेष्ठ, पूर्ण बहादुर खड्कालगायत उपस्थित हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button