तपाईँ सुन्दै हुनुहुन्छः

अवैध उत्खनन स्थलबाट दुई ट्रिपर नियन्त्रणमा 

तनहुँ । तनहुँमा अवैध उत्खननमा प्रयोग गरिएका दुई वटा ट्रिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको म्याग्दे गाउँपालिका–५ स्थित खुर्सानीबारीमा बुधवार राति अवैध उत्खननमा प्रयोग भइरहेका ग १ ख ८४८३ र ग १ क २९०६ नं. को ट्रिपरलाई इलाका प्रहरी कार्यालय बेलचौताराले नियन्त्रणमा लिएको हो । 

रातको समयमा अवधै उत्खनन गरी नजिकै रहेको क्रसरमा ओसारपसार गरिएको भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । उत्खननमा प्रयोग गरिएका २ वटा ट्रिपरलाई राती २ बजे नदीजन्य पदार्थसहित नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी निरीक्षक ज्ञान बहादुर खड्काले जानकारी दिनुभयो । 

उहाँले नियन्त्रणमा लिएका सवारीलाई म्याग्दे गाउँपालिकालाई बुझाइने बताउनुभयो । स्थानीय कुल बहादुर थापाका अनुसार नजिकै रहेको मिलीजुली क्रसरले अवैध उत्खनन गरेको हो । 

पटक पटक अवैध उत्खनन गरी टोल नै जोखिममा पारेपछि रोक्न आग्रह गरे पनि अटेर गरेको थापाले बताए । उनका अनुसार उत्खननका कारण साउनेपानी र बोटेनी टोल जोखिममा परेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button