ओम रिजालको ‘हटारु’ उपन्यास सार्वजनिक

काठमाडौँ । ओम रिजालको पहिलो उपन्यास ‘हटारु’ सार्वजनिक भएको छ ।
मध्य पश्चिमाञ्चल साहित्य परिषद्,काठमाडौँद्वारा बुधवार प्रज्ञा भवन, कमलादीमा आयोजित एक कार्यक्रमकाबीच नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती र प्रतिष्ठानका सदस्य सचिव जगतप्रसाद उपाध्यायले ‘हटारु’को लोकार्पण गर्नुभयो ।
साङग्रिला बुक्सले प्रकाशित गरेको उपन्यासमाथि कवि हरिहर अधिकारी (श्यामल) र समालोचक डा.ज्ञानु अधिकारीले समीक्षा गर्नुभएको थियो ।

कवि श्यामले हटारु उपन्यासले दैलेखको भाषा र संस्कृतिलाई पुनर्ताजकी गराएको बताउनुभयो । समालोचक डा.अधिकारीले हटारु पढ्दा पाठकलाई दैलेख पुगेको आभास हुने बताउनुभयो ।
लेखक रिजालले दैलेखमा रेडियो कार्यक्रम ‘सुइना’ सञ्चालनका क्रममा पाइएका स्रोत सामग्रीका आधारमा उपन्यास तयार भएको उल्लेख गर्नुभयो ।

प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव एवं मध्य पश्चिमाञ्चल साहित्य परिषद्, काठमाडौँका अध्यक्ष प्राध्यापक डाक्टर जगतप्रसाद उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, प्रगतिशील लेखक संघका अध्यक्ष मधुसूदन गिरी, काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, खडक बहादुर सिजापति लगायतले मन्तव्य राख्नुभएको थियो ।
नेपाल सरकारका उपसचिव समेत रहनुभएका लेखक रिजालका यसअघि एउटा नियात्रा र एउटा कविता सङ्ग्रह प्रकाशित छन् ।








प्रतिक्रिया राख्नुहोस्