तपाईँ सुन्दै हुनुहुन्छः

एक हजारभन्दा बढी युक्रेनी सैनिकद्वारा आत्मसमर्पण

मस्को । एक हजारभन्दा बढी युक्रेनी सैनिकले पूर्वी युक्रेनको बन्दरगाह सहर मारिउपोलमा आत्मसमर्पण गरेका रुसको रक्षा मन्त्रालयले बुधवार जानकारी दिएको छ । 

ती सैनिकहरूलाई रुसी सेनाले एक महिनाभन्दा बढी समयदेखि घेरामा राखेका थिए । 

मारिउपोल सहरमा एक हजार २६  युक्रेनी सैनिकहरूले स्वेच्छाले हतियार त्यागेर आत्मसमर्पण गरेका मन्त्रालयले एक विज्ञप्तिमार्फत जानकारी गराएको छ । रासस/एएफपी

प्रतिक्रिया राख्नुहोस्

Back to top button