अन्तिम खेलमा नेपाल पराजित
काठमाडौँ । एएफसी फुटसल एसियन कप छनोट अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपाल पराजित भएको छ ।
किर्गिस्तानको बिश्केकस्थित गाज्पोर्म स्पोर्ट्स कप्लेक्समा मङ्गलवार भएको खेलमा नेपाल अफगानिस्तानसँग ८–१ गोल अन्तरले पराजित भएको हो । यस हारसँगै छनोटको सेन्ट्रल र साउथ जोन अन्तर्गत समूह ‘बी’ मा रहेको नेपाल जितविहीन बनेको छ । नेपाल अङ्कविहीन बनेर घर फर्किने भएको छ ।
छनोट अन्तर्गत नै पहिलो खेलमा नेपाल उज्बेकिस्तानसँग ५–१ गोल अन्तरले पराजित भएको थियो । दोस्रो खेलमा नेपाल ताजिकिस्तानसँग ११–१ ले स्तब्ध भएको थियो । यस समूहबाट उज्बेकिस्तान र ताजिकिस्तान एसिया कपमा छनोट भएका छन् । उज्बेकिस्तान शीर्ष स्थानमा रहँदै र ताजिकिस्तान दोस्रो स्थानमा रहेर एसिया कपमा पुगेको हो ।







प्रतिक्रिया राख्नुहोस्