जनतामा भएका भ्रम चिर्न सफल: नेपाली कांग्रेस
काठमाडौँ । नेपाली काँग्रेसले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि चाडै नै उम्मेदवार टुङ्गो लगाउने जनाएको छ ।
नेपाली काँग्रेसले पाटी कार्यालय सानेपामा आज गरेको पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता डा. प्रकाश शरण महतले केन्द्रिय समितिको निर्णय अनुसार स्थानीय परिस्थिति र आवश्यकताका आधारमा गठबन्धनका दलहरूसँग छलफल गरी उम्मेदवार टुङ्गो लाग्ने बताउनुभयो ।

नेपाली काँग्रेसले घर–घर जाऊँ कांग्रेस जिताऊँ अभियानबाट जनतामा भएका विभिन्न भ्रमहरू चिर्न कांग्रेस सफल भएको समेत जनाएको छ ।
काँग्रेसले टोल–टोलसम्म सङ्गठन विस्तार गरी पाटीलाई एकताबद्ध बनाउँदै जनतामा एमसीसीबारे भएको भ्रम चिर्न सफल भएको प्रवक्ता डा. प्रकाश शरण महतले बताउनुभयो ।
सरकारले गरेको ओझेलमा परेका विकासका कामहरूलाई कांग्रेस जिताऊँ अभियानबाट जनतामा लान आफूहरू सफल भएको प्रवक्ता महतले बताउनुभयो ।
यसैगरी सरकारले ७५ दशमलव ७ प्रतिशत जनतालाई कोरोना विरुद्धको पूर्ण खोप दिन सफल भएको पनि प्रवक्ता महतले बताउनुभयो ।
७ प्रदेशको प्रदेश कमिटी, ७७ जिल्ला कमिटीहरू, क्षेत्रिय समितिहरू, गाउँ/नगरपालिका, वडा र टोलहरूमा एक महिनासम्म परिचालन भएका नेता कार्यकर्ताहरूले मतदाताको गुनासो, चासो, चिन्ता र सरोकारको विषयलाई सम्बोधन गर्दै भ्रमहरूलाई चिर्ने काम गरेको समेत नेपाली काँग्रेसले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्