तपाईँ सुन्दै हुनुहुन्छः

पाँच लाख घुस रकमसहित धनुषाका मालपोत प्रमुख पक्राउ 

जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच लाख घुस लिँदै गरेको अवस्थामा मालपोत तथा भूमिसुधार कार्यालय धनुषाका निमित्त प्रमुखलाई जनकपुरधामबाट पक्राउ गरेको छ । 

मालपोत कार्यालय धनुषाका निमित्त प्रमुख सुनिल झालाई सेवाग्राहीबाट लिएको पाँच लाख घुसको रकमसहित अख्तियारको बर्दिबास कार्यालयबाट आएको विशेष टोलीले गोप्य सूचनाको आधारमा पक्राउ गरेको छ । 

अख्तियारको टोलीले कार्यालय निमित्त प्रमुख झालाई आज बिहान साढे नौ बजे जनकपुरधामको भानुचोकस्थित एक चिया पसलबाट घुस रकमसहित पक्राउ गरेको हो । 

प्लास्टिकको झोलामा बेरिएर राखिएको अवस्थामा भूमिसुधार कार्यालयका प्रमुख समेत रहनुभएका मालपोत निमित्त प्रमुख झालाई पक्राउ गरेर थप अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लगिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button