तपाईँ सुन्दै हुनुहुन्छः

आज ४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । देशभर आज ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ  । 

२ हजार ७ सय ४० नमुनाको परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

आज ४८ जना संक्रमित सङ्क्रमणमुक्त भएका छन् भने संक्रमित कसैको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । 

आज २० हजार ८ सय २८ जनाले कोरोना विरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button