सिन्धुपाल्चोकमा टाइफाइड विरुद्धको खोप अभियान सुरु
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जिल्ला सदरमुकाम चौतारास्थित श्री कृष्ण माध्यमिक विद्यालयबाट टाइफाइड विरुद्धको खोप अभियान सुरु भएको छ ।

विद्यालयमा अध्ययनरत १५ वर्षमुनिका बालबालिकालाई खोप लगाउँदै जिल्लाभरि नै खोप अभियान सुरु भएको हो ।
श्री कृष्ण रत्न गङ्गा माविमा मात्र झन्डै १२ सय बालबालिकालाई खोप लगाइने स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका निमित्त कार्यालय प्रमुख राजाराम कार्कीले जानकारी दिनुभयो ।
जिल्लाभरि करिब ६६ हजार बालबालिकालाई खोप सेवा उपलब्ध गराइने स्वास्थ्य कार्यालयले जनाएको छ ।
१५ महिनादेखि १५ वर्ष भित्रका बालबालिकालाई दिइने खोप अभियान अन्तर्गत सिन्धुपाल्चोकको १०३ वटा वडामा सञ्चालन भइरहेको छ भने स्थानीय विद्यालयलाई खोप केन्द्र तोकिएको छ ।







प्रतिक्रिया राख्नुहोस्